काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा आज शुक्रबार मौसममा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
शुक्रबार बिहान देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागममा मौसम सामान्यतया सफा रहेको भएको छ । शुक्रबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने जनाइएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जानकारी दिएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।