बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीका लागि गगन थापा एक्लै काफी !

केपी ओलीका लागि गगन थापा एक्लै काफी !

  • मिडिया डबली
  • बुधवार, कार्तिक १७ २०७८

  • 5.9K
    SHARES

  • केपी ओलीका लागि गगन थापा एक्लै काफी !

    काठमाडौं – सत्तारुढ गठबन्धन चुनावसम्मै जानसक्ने देखेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली डराउँछन् तर एक्लाएक्लै लडेर देखाउन चुनौती दिन्छन् ।

    ओलीको यस्तो चुनौतीलाई जवाफ दिन नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा एक्लै काफी देखिएका छन् ।

    नेपाली कांग्रेसले भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा आज बुधवार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले आसन्न ३ तहको निर्वाचनमा एमालेलाई पराजित गर्ने दाबी गरे ।

    नेता थापाले ५ वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन् । उनले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दाबी गरेका छन् ।

    कार्यक्रममा नेता थापाले भने, ‘५ वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ । एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरूले एउटा संकल्प गर्नुपर्नेछ ।’

    नेता थापाले ३ वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जिकिर गरेका छन् । सर्वोच्च अदालतमा देखिएको विवादको कारक समेत ओली सरकार भएको नेता थापाले बताएका छन् ।

    नेता थापाले भने, ‘आज अदालतमा जुन खालको परिस्थिति छ, त्यसमा पनि ओली नै दोषी हुन् । अदालतमा सेटिङ गर्ने ओलीको कार्यशैलीको परिणाम हो । अख्तियारमा आफ्ना मान्छेहरू भर्ती गर्ने काम भयो । एमाले सरकारले राज्यका सबै ठाउँमा पछिल्ला ३ वर्षमा भद्रगोल अवस्था सिर्जना गरिदिएको छ ।’

    नेता थापाले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप समेत लगाएका छन् । उनले भने, ‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन्, विचरा भीम रावल देख्दा माया लागेर आउँछ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन् । त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ ।’

    नेता थापाले केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको एमालेले कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ढालिदिने धम्की दिनु हास्यास्पद भएको बताएका छन् । ओलीले आफूले चाहे गठबन्धन सरकारलाई एक हप्तामै ढालिदिने अभिव्यक्ति दिने गरेका छन् ।

    थापाले भने, ‘आफ्नो सरकार जोगाउन नसक्नेले तिम्रो सरकार ढालिदिन्छु भनेर फूर्ति नदेखाए हुन्छ । सबै सरकार ढलिसकेको छ । फेरि एक्लाएक्लै प्रतिस्पर्धा गरौं भनिरहेको छ । संघको सरकार गइसक्यो । प्रदेश सरकार गइसक्यो । सडकमा आइसक्यो । एमालेले अहिलेसम्म कहिले एकल सरकार बनाएको छ ? एक्लाएक्लै लडे तेस्रो हुन्छ तर सिंगल–सिंगल आइज भन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend