आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव रिसाएकै हुन् त ?

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव रिसाएकै हुन् त ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक १७ २०७८

  • 4.5K
    SHARES

  • प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव रिसाएकै हुन् त ?

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बेलायतमा छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा भाग लिन स्कटल्यान्डको ग्लास्गो सहर पुगेका देउवा आज स्वदेश फर्कने कार्यतालिका छ ।

    तर उनी विदेशमै रहेका बेला नेपालमा भने गठबन्धन दलमा दरार उत्पन्न भएको प्रचार सुरु भएको छ । यस्तो प्रचार कहाँबाट सुरु भएको हो भन्ने खोजीमा अहिले बालुवाटार लागिपरेको छ ।

    केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देउवासँग रिसाएको चर्चा चलेको छ । देउवाको कार्यशैलीलाई लिएर दुवैले आलोचना गर्न थालेको समाचार मिडियामा लेखाउन थालिएको छ ।

    कतिसम्म भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समेत कांग्रेस नेतृत्वको सरकारसँग काम गर्न निकै असहज भएको भन्ने खालका प्रायोजित समाचार आउन थालेका छन् । यसले गर्दा कहीँ न कहीँ कसैले गठबन्धनमा दरार ल्याउन खोजेको स्पष्ट हुन्छ । यसैले गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा भाँजो ल्याउन खोजिएको भन्दै आँखा र कान खुल्लै राख्नुपर्ने अवस्था आएको भनाइ सार्वजनिक गरिसकेका छन् ।

    स्रोतका अनुसार अहिले एमाले अध्यक्ष केपी ओलीले आफ्ना दूतहरूलाई सक्रिय बनाएका छन् । उनले कांग्रेसलाई निकट बनाएर माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अलग्याउने नीति अख्तियार सुरु गरेका छन् । सोही कारण गठबन्धनमा किचलो आएको भन्ने प्रचार गर्न थालिएको हो ।

    ओलीसँग निकट रहेका कांग्रेस नेताहरूले पनि अबको चुनावमा कांग्रेसले कसैसँग सहकार्य र गठबन्धन नगर्ने, एक्लै चुनाव लड्ने अभिव्यक्ति दिन थालेका छन् । यसले गर्दा पनि प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवासँग रिसाएको हुनसक्ने बुझिएको छ ।

    कांग्रेस नेतृ सुजाता कोइरालाले त सार्वजनिक रूपमै कांग्रेसले चुनावमा कसैसँग तालमेल नगर्ने घोषणा नै गरिसकेकी छन् । यसले गर्दा आगामी चुनावमा प्रचण्ड र माधव नेपाललगायतलाई चुनाव जित्न कठिन हुने देखिएको छ । कांग्रेसलाई चिढ्याउँ त एमालेसँग मिल्ला कि भन्ने डर उनीहरूमा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०१:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend