आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कृष्णबहादुर महराले खोले एमसीसीबारे केपी ओलीको पोल !

कृष्णबहादुर महराले खोले एमसीसीबारे केपी ओलीको पोल !

  • मिडिया डबली
  • आइतवार, कार्तिक १४ २०७८

  • 4.2K
    SHARES

  • कृष्णबहादुर महराले खोले एमसीसीबारे केपी ओलीको पोल !

    काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नपाएको झोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई विभाजन गरेको पोल खोलेका छन् ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडानकै कारण एमसीसी पास हुन नसकेको बताउँदै प्रवक्ता महराले ओलीले एमसीसी पारित गराउन चाहेको बताए ।

    बाँकेको कोहलपुरमा योङ कम्युनिस्ट लिग (वाइसीएल) ले आईतवार गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले नेकपा विभाजन गरेर भए पनि ओलीले एमसीसी पास गराउन चाहेको बताएका छन् ।

    प्रवक्ता महराले भने, ‘माओवादी पार्टी जहिले पनि राष्ट्रिय हितमा उभिन्छ, हाम्रो पार्टीले कहिल्यै राष्ट्रघात गर्दैन ।’ नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख महराले एमसीसी पास गर्न नदिएका कारण अगामी निर्वाचनमा माओवादीलाई हराउन चलखेल हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

    माओवादी केन्द्रलाई चुनाव हराउन देशीविदेशी शक्तिको चलखेल हुनसक्ने प्रवक्ता महराले बताएका छन् । उनले सहीदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने ठोकुवा समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend