काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यावधि चुनाव (अर्लि इलेक्सन) हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
आज शनिवार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासामा जवाफ दिँदै प्रचण्डले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मुलुक अर्लि इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको बताएका छन् ।
‘अर्लि इलेक्सन हुँदैन, यसमा क्लियर हुनुहोला । अर्लि इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्लि इलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन,’ प्रचण्डले भने ।
उनले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको बताए । उनले अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन तयार रहेको बताएका छन् ।
सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने प्रचण्डले बताए । गठबन्धन दलका नेताहरू कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।