काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालमाथि केन्द्रीय कमिटी बैठकमै प्रहार गरेका छन् ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली असार २७ गतेको १० बुँदे सहमतिको पक्षमा उभिने नेताहरुप्रति आक्रामक देखिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललले १० बुँदे सहमतिको कुरा उठाएपछि ओलीले ‘१० बुँदेको उपादेयता सकियो’ भनेर कठोर जवाफ दिएका हुन् ।
अध्यक्ष ओलीकै अभिव्यक्तिका कारण उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक पदबाट राजीनामा दिएका थिए ।
अध्यक्ष ओलीले भीम रावलले काम गर्न नसकेर राजीनामा दिएकाले १० बुँदेमा अब केही गर्न नसकिने हलुका जवाफ दिने गरेका छन् ।
विगतमा माधवकुमार नेपालको पक्षमा रहेपनि अन्तिममा एमालेमै रहेका नेताहरूले १० बुँदे कार्यान्वयनमा कुरा गर्ने गरेपनि अध्यक्ष ओलीले त्यसलाई टार्ने गरेका छन् । बरु ओलीले पूर्व माओवादी पक्षका नेताहरूलाई महत्त्व दिने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।