आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

बाग्मती प्रदेशमा पाँच वर्षमा चार मुख्यमन्त्री

बाग्मती प्रदेशमा पाँच वर्षमा चार मुख्यमन्त्री

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ११ २०७८

  • 5.1K
    SHARES

  • बाग्मती प्रदेशमा पाँच वर्षमा चार मुख्यमन्त्री

    काठमाडौं - सामान्यतः आवधिक निर्वाचनसम्म एकजना प्रधानमन्त्री वा मुख्यमन्त्री हुनुपर्ने हो । तर, नेपालमा चुनावमा बहुमत ल्याउन सफल पार्टीका प्रधानमन्त्रीसमेत केही महिनामै विश्वासको मत गुमाउन पुग्छन् ।

    प्रदेशका मुख्यमन्त्रीको नियति पनि त्यस्तै छ । नेपालमा २०७४ सालमा तीनै तहको निर्वाचन भएको थियो । आगामी वर्ष निर्वाचन भएको पाँच वर्ष पुग्दैछ ।

    तर, प्रधानमन्त्री केपी ओलीले साढे तीन वर्षमै कुर्सी गुमाए । उनीसँगै प्रदेशमा मुख्यमन्त्री बनेकाहरू पनि धमाधम पद गुमाउँदैछन् । कतिसम्म भने एमालेका नेता मुख्यमन्त्री बनेको चारवटा प्रदेशमा मुख्यमन्त्री अदलबदली हुने क्रम जारी छ ।

    निर्वाचनपछि एमालेले लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाएको थियो । तर, अहिले लुम्बिनी र गण्डकी प्रदेशमा क्रमशः माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता मुख्यमन्त्री छन् ।

    प्रदेश १ मा दुईजना मुख्यमन्त्री भइसकेका छन् । सुरुमा शेरधन राई थिए । अहिले भीम आचार्य छन् । सम्भवतः चाँडै राजेन्द्र राई मख्यमन्त्री बन्दैछन् ।

    सबैभन्दा गज्जबको दृश्य त बाग्मती प्रदेशमा देखिएको छ । दलहरू भएको सहमतिअनुसार हुने हो भने अर्को चुनावसम्म प्रदेशले चारवटा मुख्यमन्त्री पाउनेछ ।

    सुरुमा डोरमणि पौडेल थिए । उनले भदौमा राजीनामा दिए । त्यसपछि एमालेकै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् । उनले हिजो मात्र पदबाट राजीनामा दिइन् ।

    आज नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनले आठ महिना मुख्यमन्त्री चलाउने छन् । त्यसपछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्नेछ । यसरी एउटै निर्वाचनपछि बाग्मती प्रदेशले चारजना मुख्यमन्त्री पाउने अवस्था आएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ८ २०७९०४:००:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend