बुटवल, ११ कात्तिक- एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन् ।
उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए । तर भुसाल निकट थानेश्वर पौडेल १०४ मत अन्तरले पराजित भएका हुन् ।
२३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २२३ मत खसेको थियो । जसमा थापाले १६१ र पौडेलले ५७ मत प्राप्त गरे । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा अर्जुनकुमार गिरी निर्वाचित भएका छन् ।
उनले १८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत पाइन् । सचिवमा पौडेल निकट नारायण भण्डारीले भुसालका स्वकीय सचिव मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरे ।
तीन पदमा दुई उपमहासचिव निकटका नेताहरुबीच प्रतिस्पर्धा भएपछि चुनावमार्फत नेतृत्व चयन भएको हो । जसमा पौडेल निकट नेता नै विजयी भएका छन् । नगर कमिटीको उपसचिवमा कुमार गुरुङ र माया कँडेल विजयी भए भने अन्य पदहरुमा सर्वसम्मत भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।