आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफूपछि एमालेको नेतृत्व राष्ट्रपति भण्डारीकी छोरीलाई सुम्पने ओलीको तयारी

आफूपछि एमालेको नेतृत्व राष्ट्रपति भण्डारीकी छोरीलाई सुम्पने ओलीको तयारी

  • मिडिया डबली
  • बुधवार, कार्तिक १० २०७८

  • 4.5K
    SHARES

  • आफूपछि एमालेको नेतृत्व राष्ट्रपति भण्डारीकी छोरीलाई सुम्पने ओलीको तयारी

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीमा अझै पनि सक्रिय राजनीतिको मोह देखिँदै आएको छ ।

    एमालेमा देखिएको विवादमा भण्डारीले प्रत्यक्ष रूपमा हस्तक्षेप पनि गर्दै आएकी छन् । त्यसैले एमाले नेता कार्यकर्ता अध्यक्ष केपी ओलीपछि पार्टीको बागडोर भण्डारीको हातमा पुग्ने अनुमान बेलाबेलामा गर्ने गर्छन् ।

    एमालेको विधान हेर्दा अझै पाँच वर्ष ओली नै पार्टी अध्यक्ष बन्नेछन् । ११औं महाधिवेशनमा अहिले ६७ वर्ष उमेरभन्दा माथिका सबै नेता रिटायर्ड हुनेछन् । आफू ७५ वर्ष पुगेपछि ओलीले कि त भण्डारी नभए उनकी जेठी छोरी उषाकिरण भण्डारीलाई नेतृत्वका लागि योग्य उम्मेदवार बनाउने रणनीति अख्तियार गरेको बुझिएको छ । 

    एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरणलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने भित्री तयारी भएको छ । उषाकिरण अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।

    एमालेको राजनीतिमा प्रभाव बनाउँदै आएको मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरणलाई ओलीले सचिव बनाउने तयारी स्रोतले बतायो । एमाले महाधिवेश मंसिर ९–१२ सम्म चितवनमा आयोजना हुँदैछ । यदि उषाकिरण पार्टी राजनीतिमा आएमा एमालेको विरासत मदन भण्डारी परिवारमा पुनः फर्कने निश्चित रहेको बताइन्छ ।

    राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमले नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादवको छोरासँग विवाह गरेकाले उषाकिरणले नै भण्डारी परिवारबाट एमालेको राजनीतिमा भविष्यमा नेतृत्व लिने बुझिएको छ ।

    एमाले नेतृत्वमा आउन खोजेका ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य भने त्यतिकै रिटायर्ड हुने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend