काठमाडौं - सर्वहारा वर्गको अधिकारका नाममा माओवादीले १० वर्षसम्म कथित जनयुद्ध सुरु गर्यो । १७ हजार नागरिक मारिए । हजारौं बेपत्ता भए । अर्बौको क्षति भयो । लाखौं मानिस विस्थापित भए । तर, माओवादीले सर्वहारा र मजदुरका लागि भन्दै थालेको सशस्त्र युद्ध ‘धनयुद्ध’ मा परिणत भएको सबैले देखेकै छन् ।
माओवादी लडाकूका नाममा चार अर्बभन्दा बढी घोटाला भएको, देशका विभिन्न बैंक तथा वित्तीय संस्था लुटपाट गरी अर्बौं रुपैयाँ कब्जा गरेको, सरकारी जग्गा कब्जा गरी सयौं माओवादी नेताहरूले मोजमस्ती गरेका छन् तर जसलाई सशस्त्र युद्धमा लगाइयो, तिनीहरू अहिले ५० डिग्री तापक्रममा खाडीमा श्रम बेच्न विवश छन् । सोही कारण पनि माओवादी आन्दोलन तुहिन पुगेको हो ।
माओवादी आन्दोलनका नाममा हुने खाने र टाठाबाठा नेताले मात्र मस्ती मारेका छन् । त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुन, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा जस्ताका परिवारले मात्रै रजाइँ गर्दै आइरहेको छ । माओवादीमा लागेका निमुखा कार्यकर्ताको अवस्था अझै पनि दर्दनाक नै छ ।
प्रचण्डले आफ्ना सबै परिवारलाई सरकारी नियुक्ति दिलाए । मन्त्री, सांसद, मेयर बनाए । महत्वपूर्ण राजनीतिक नियुक्ति दिए । उनका परिवारमा सरकारी लाभ नपाउने कोही पनि छैनन् । तीन छोरीमध्ये एक ज्ञानु दाहाल केसीको क्यान्सरका कारण निधन भयो । छोरा प्रकाश दाहाल हृदयाघात भई अल्पायुमै बिते ।
बुहारी बिना मगरलाई सांसद र मन्त्री बनाए । छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाए । कान्छी छोरी गंगा दाहाललाई आफ्नो स्वकीय सचिव राखेका छन् ।
यतिबेला उनै प्रचण्डका दुई नातिनी लण्डन सयरमा छन् । रेणु दाहालकी छोरी प्रतिभा पाठक र गंगा दाहालकी छोरी स्मिता दाहाल लण्डनमा छन् ।
उच्च अध्ययनका लागि दुवै लण्डन पुगेको माओवादी स्रोतले बताएको छ । स्मिता दाहाल गायिका पनि हुन् । उनले धेरै गीत निकालिसकेकी छन् । तर, केही समययता उनी गुमनाम जस्तै थिइन् । उनी कहाँ गइन् भन्ने धेरैले भेउसमेत पाएका थिएनन् तर हालै स्मिता र प्रतिभा लण्डनमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक भएको छ । दुवै आफ्ना केटा साथीका साथमा रमाइलो गरिरहेका देखिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।