काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने भनेर सर्वत्र दबाब बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धारणाबारे आमचासो छ ।
आज मंगलवार बिहान मोरङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा सार्वजनिक गरेका छन् ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश राणाबारे एमालेले कुनै धारणा नराख्ने स्पष्ट पारेका छन् । यस विषयमा एमालेले बोल्नै पर्ने केही नभएको बताएका छन् ।
प्रधानन्यायाधीश राणाले सत्तारुढ गठबन्धनसँग मन्त्रालयमा भागबण्डा खोजेको भनेर विवाद बढिरहेका बेला एमालेले तटस्थ रहने नीति लिएको छ ।
अध्यक्ष ओलीले भने, ‘पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरुले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नुपर्ने ? यो राजनीति हो, यो दाउपेच हो । एमाले यसमा संलग्न हुँदैन ।’
राणा नेतृत्वको संवैधानिक इजलासले संसद पुनःस्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि एमालेले विरोध गर्दै आएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।