आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारमै कांग्रेस र माओवादीको टक्कर, देउवा र प्रचण्डमाथि चर्काे दबाब !

सरकारमै कांग्रेस र माओवादीको टक्कर, देउवा र प्रचण्डमाथि चर्काे दबाब !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 4.1K
    SHARES

  • सरकारमै कांग्रेस र माओवादीको टक्कर, देउवा र प्रचण्डमाथि चर्काे दबाब !

    काठमाडौं – भागबण्डा मिलाएर संघदेखि प्रदेशसम्म सत्ता गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच टक्कर देखिएको छ ।

    नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नेतृत्व नछाड्ने अडान लिएपछि कांग्रेससँग टक्कर परेको छ । शाहीलाई विश्वासको मत दिने बेला कांग्रेसले आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

    सहमतिबमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्न तम्सिएका छन् तर मुख्यमन्त्री शाहीले बाटो खोलिरहेका छैनन् । बरु माओवादीको बैठकले मुख्यमन्त्री शाहीले नै ५ वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।

    सहमतिअनुसार दशैंलगत्तै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिने र कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनुपर्ने हो तर माओवादीले गठबन्धन सरकार निर्माण भएपछि पुनः नयाँ तरिकाले सहमति गरेर जानुपर्ने भन्दै सरकार नछाड्ने अडान लिएको छ ।

    सहमति कार्यान्वयन गर्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने र नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी कांग्रेसले दिएको छ । यसरी कांग्रेस र माओवादीबीच टक्कर चलेको छ ।

    कांग्रेस कर्णाली प्रदेश सभाका सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्री शाहीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने, ‘हामीले मुख्यमन्त्री शाहीजीसँग आधा कार्यकाल, कात्तिक १५ गते छाड्ने गरी लिखित सहमति गरेका थियौं । यदि माओवादीले कात्तिक १५ गतेभित्र सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’ माओवादीले सहमति कार्यान्वयन नगरे मन्त्रीबाट राजीनामा दिएर समर्थन फिर्ता लिने चेतावनी कांग्रेसले दिएको छ ।

    गत शनिवार माओवादी केन्द्रको कर्णाली प्रदेशको विस्तारित बैठकले तत्काल प्रदेश सरकार नछाड्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो । माओवादीका प्रदेश सचिव रामदीप आचार्यले मुख्यमन्त्री शाहीले सरकार नछाड्ने दाबी गरे । उनले भने, ‘हामीले यसअघि आधा कार्यकाल कांग्रेसलाई छाड्ने गरी भद्र सहमति गरेका हौं । तत्कालीन केपी शर्मा ओली सरकार बर्हिगमन भएपछि गठबन्धनबाट शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो, त्यहाँ गठबन्धनमा नयाँ तरिकाले सहमति हुनेछ । तत्काल प्रदेश सरकारबाट हतारमा राजीनामा दिनेभन्दा पनि संघको भागबण्डाका आधारमा प्रदेश सरकार रहने/नरहने निर्णय हुने देखिन्छ ।’

    प्रदेशको टक्कर केन्द्र पार्टीसम्म पुगेको छ । मुख्यमन्त्री शाहीले आफ्नै सरकार जोगाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइरहेका छन् भने कांग्रेस नेता जीवनबहादुर शाहीलाई पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् । कर्णालीको विवादले देउवा र प्रचण्डमाथि चर्काे दबाब परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend