आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको संरक्षणमा सीके राउतको आक्रामक हर्कत, के हो साँठगाँठ ?

केपी ओलीको संरक्षणमा सीके राउतको आक्रामक हर्कत, के हो साँठगाँठ ?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ५ २०७८

  • 4.9K
    SHARES

  • केपी ओलीको संरक्षणमा सीके राउतको आक्रामक हर्कत, के हो साँठगाँठ ?

    काठमाडौं - राजनीतिमा कुन बेला को बढी चर्चामा आउँछ को हराउँछ ठेगान हुन्न । नेपालमा पनि यस्तै देखिँदै गएको छ । पहिले पहिले प्रचण्डको नाम आतंक बन्थ्यो । पछि विप्लव देखिए । ज्वाला सिंह, सीके राउत पनि आतंककै अर्को नाम बनेर देखिने गरेका छन् ।

    पश्चिमा देशले संरक्षण गरेर हुर्काएको पात्र सीके राउतलाई दुई वर्षअघि केपी ओलीले शान्तिपूर्ण राजनीतिमा ल्याए । त्यसअघि उनी भूमिगत थिए । प्रधानमन्त्री भएका बेला ओलीले राउतलाई राम्रै प्लेटफर्म दिएका हुन् । तर अहिले तिनै राउत मधेसमा आगो झोस्न तयार भएका छन् । बिहीबार सीके राउतका कार्यकर्ताले त्यसको संकेत दिइसकेका छन् सरकारी कर्मचारीलाई दिनदहाडै नांगो बनाएर ।

    जनकपुरधाम जुन प्रदेश २ को राजधानीसमेत हो । तर, त्यस्तो सहरमा पनि दिनदहाडै सिके राउतका कार्यकर्ताले प्रहरी प्रशासनकै सामुन्ने सरकारी कर्मचारीलाई नांगो बनाएर, कुटपिट गर्दै, हिलो छ्यापेर सहर परिक्रमा गर्दा पनि प्रदेश २ सरकार कतै देखिएन ।

    अहिलेसम्म यस विषयमा प्रदेश २ सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । मुख्यमन्त्री लालबाबु राउत कता बेपत्ता छन् कसैले भेउ पाउन सकेको छैन । 

    यसले के संकेत गर्छ भने सिके राउत अब मधेसी मधेसीबीच लडाइँ गराउन उद्यत देखिएका छन् । इन्जिनियर राजेश्वर कुशवाहा जो तराईवासी नै हुन् ।

    उनलाई आफ्नो घर जाने बाटो कालोपत्रे नगरिदिएको रिसमा सीके राउतका कार्यकर्ताले दिनदहाडै कानुन हातमा लिएर कारबाही गर्दा पनि राज्यको प्रशासन मौन बस्नुले मधेसमा भित्रभित्र ठूलै घटना त गराउन लागिएको छैन ? मधेसी समुदायबीचमै फाटो ल्याउन खोजिएको त होइन ? भन्ने प्रश्न उब्जेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend