आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्व माओवादी बादलका लागि एमालेले विधान महाधिवेशनकै निर्णय उल्ट्यायो, यस्तो रहस्य !

पूर्व माओवादी बादलका लागि एमालेले विधान महाधिवेशनकै निर्णय उल्ट्यायो, यस्तो रहस्य !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 4.1K
    SHARES

  • पूर्व माओवादी बादलका लागि एमालेले विधान महाधिवेशनकै निर्णय उल्ट्यायो, यस्तो रहस्य !

    काठमाडौं – पूर्व माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’का लागि नेकपा एमालेले विधान महाधिवेशनले गरिसकेको निर्णय उल्ट्याएको छ ।

    विधान महाधिवेशनले नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । तर ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

    एमालेले महाधिवेशन गर्ने निर्णय गरेको चितवन बादलको गृहजिल्ला हो । यसअघि चितवनबाटै बादल संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

    बैठकले बादलको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गर्ने निर्णय समेत गरेको छ । एमाले यतिबेला बादललाई चर्चामा ल्याउन, जिम्मेवारी दिन र स्थापित गर्न अनेक निर्णय गरिरहेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनामा चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्का दिन बादललाई अगाडि सार्न थालिएको स्रोतको दाबी छ । प्रचण्डलाई गृहजिल्ला चितवनमै धक्का दिन सकेमा काठमाडौंमा उनको चुरीफुरी समाप्त हुने ओलीको विश्लेषण रहेको जनाइएको छ ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बादल नेतृत्वको महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट १/१ जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट १ जना प्रतिनिधि रहनेछन् ।

    बिहीबारको बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने, ‘पार्टीको हालै सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको छ र बैठकले महाधिवेशन अत्यन्त भव्य, अत्यन्त ऐतिहासिक र सफल रहेको निष्कर्ष निकालेको छ । विचार र नीतिहरूमा सर्वसम्मति कायम भएको छ महाविधेशनबाट । यो महाधिवेशनले पार्टी पंक्तिमा भावनात्मक एकता र आत्मविश्वासको एउटा ठूलो सन्देश सम्प्रेषित गरेको छ र पार्टीमा एउटा नयाँ ऊर्जा यसले प्रदान गरेको छ ।’

    हालै आएको बाढी, पहिरो, हिमपात र डुबान लगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै एमालेले राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि सरकारसँग माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend