आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्ततः एमालेका १० भाइलाई ओलीले थाङ्नामै पुर्‍याइदिए !

अन्ततः एमालेका १० भाइलाई ओलीले थाङ्नामै पुर्‍याइदिए !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 5.6K
    SHARES

  • अन्ततः एमालेका १० भाइलाई ओलीले थाङ्नामै पुर्‍याइदिए !

    काठमाडौं - माधवकुमार नेपाललाई अन्तिम समयमा आएर धोका दिएका एमालेका १० भाइलाई अध्यक्ष केपी ओलीले थाङ्नामै सुताइदिएका छन् ।

    विधान महाधिवेशनसम्म ओलीले १० बुँदे सहमति पालना गर्ने, कार्यान्वयन हुन्छ भन्दै माधव निकट १० भाइलाई अल्मल्याएर राखेका थिए । तर, अब मंसिरमा हुने महाधिवेशनको पूर्वसन्ध्यामा ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्। 

    बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले माधवकुमार नेपाल आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका थिए ।

    ‘अब १०बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’

    ओलीले यस्तो भनेपछि एमालेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्तमा तनावमा परेका छन् ।

    बुधबार राति नै भीम रावलले १० बुँदे सहमतिलाई एकतारेको संज्ञा दिँदै कार्यान्वयन हुनुपर्ने अडान राखेका छन् । उनले ओलीलाई चुनौती दिँदै यस्तो चेतावनी दिएका हुन् ।

    बुधबार नै अष्लक्ष्मी शाक्यले एमालेको वडा अधिवेशन कात्तिक ६ गते हुन नहुने भन्दै आपत्ति जनाएकी थिइन् । एमालेका दोस्रो तहका नेताको विरोधका बीच ओलीले आफू अनुकूल समयमा वडा र पालिका अधिवेशन गर्दै लैजाने र विरोधीलाई भित्तामै पुर्याउने नीति लिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend