सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

माओवादी बैठकले गर्‍यो यी निर्णय, प्रचण्डकी बुहारी विना मगर बनिन् विभागीय प्रमुख

माओवादी बैठकले गर्‍यो यी निर्णय, प्रचण्डकी बुहारी विना मगर बनिन् विभागीय प्रमुख

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 4.4K
    SHARES

  • माओवादी बैठकले गर्‍यो यी निर्णय, प्रचण्डकी बुहारी विना मगर बनिन् विभागीय प्रमुख

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ ।

    कूल ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादी केन्द्रले जनाएको छ ।

    बिहीवार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति, ३३ विभाग र १ प्रतिष्ठान गठन गरेको छ ।

    सम्पर्क समितिको संयोजक डिलाराम आचार्यलाई बनाइएको छ । सबै विभाग र प्रतिष्ठान ३५ सदस्यीय बनेका छन् ।

    पार्टी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको बताएका छन् । महराका अनुसार विपद् व्यवस्थापन विभाग सूर्य सुवेदीको नेतृत्वमा गठन गरिने छ ।

    अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ भने संगठन विभागको प्रमुख जनार्दन शर्मा भएका छन् । विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग कृष्णबहादुर महरा, विपद् व्यवस्थापन विभागमा सूर्य सुवेदी, उद्योग मामिला विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मातृका यादवले पाएका छन् ।

    कोष तथा आर्थिक विभाग प्रमुख डोरप्रसाद उपाध्याय, खानेपानी विभाग प्रमुख बिना मगर, जलस्रोत तथा ऊर्जा विभाग लिलामणि पोखरेल, निर्वाचन विभाग प्रमुख खिमलाल देवकोटा, कानून विभाग प्रमुख मुक्ति प्रधान, पर्यटन विभागमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभागमा पर्शुराम तामाङ र पार्टी स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलले नेतृत्व पाएका छन् ।

    पार्टीको पुस्तकालय तथ अभिलेख प्रमुख नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरणमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, शिक्षा तथा मानवस्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संघीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरीबी विभागमा धर्मदत्त देवकोटालाई नेतृत्व दिइएको छ ।

    शहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला र नीति अध्ययन प्रतिष्ठानमा रामचन्द्र झाले नेतृत्व पाएका छन् ।

    देशभर माओवादीको सदस्य संख्या ५–६ लाख पुर्‍याउने लक्ष्य लिएर काम भइरहेको महराले बताएका छन् । महराले सदस्यता नवीकरणको समय थपेर हालसम्म झण्डै ५० प्रतिशत सदस्यता नवीकरण भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend