काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।
ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीवार दिउँसो ३ बजे बैठक बस्न लागेको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए ।
एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशन लगायत एजेण्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको छ ।
आसन्न राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुने भएको छ ।
एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तय गरेको छ ।
नेकपा एमालेको राष्ट्रिय महाविधेशन मंसिर १०–१३ गतेसम्म हुनेछ । महाधिवेशन कहाँ गर्ने भन्नेबारे समेत बिहीबार छलफल हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।