काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बिहीबार झापा पुगेकी राष्ट्रियसभा सदस्य कोमल वलीले कविता वाचन गर्दै हर्कत देखाएकी छन् ।
अध्यक्ष ओलीलाई ‘बा’ भन्नेहरू एमालेमा धेरै भएपनि सांसद वलीले अध्यक्ष वलीलाई ‘स्वप्नद्रष्टा पिता’ भन्दै नयाँ हर्कत देखाएकी हुन् ।
कार्यक्रममा भाषणसँगै सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएका थिए, जहाँ सांसद वलीले कविता वाचन गरेकी थिइन् ।
सांसद वलीले सुनाएको कविता यस्तो छ –
यस्ता घोर कठोर कालहरूमा सत्कर्मका सञ्चिता
नेपालीजनका अपूर्व सुखका हे स्वप्नद्रस्टा पिता,
नेपाली मुटुभित्र बास अहिले बस्ने छ कोही त्यो भने
केपी बा हुनुहुन्छ एक युगका भन्छन् सबै भन्छन् सबैका मन ।
सांसद वलीले भाषणमा देशलाई फेरि एकपटक केपी ओली चाहिएको दाबी समेत गरिन् । ‘देशको दूरगामी विकासका लागि हामीलाई फेरि केपी ओली चाहिएको छ,’ उनले भनिन् ।
कार्यक्रममै वलीले गीत पनि सुनाइन् । यस्तो छ गीत –
फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई
देशका लागि आज अनि चाहियो भोलिलाई
आजभन्दा झन्झन् खाँचो भयो भोलिलाई ।
यसअघि समेत विभिन्न कार्यक्रम र सांस्कृतिक समारोहमा सांसद वलीले अध्यक्ष ओलीको प्रसंशा गर्दै प्रस्तुती दिने गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।