काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोमा दुःख मान्दै चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकीकरण गराउन चलखेल गरिरहेको खुलासा भएको छ ।
देउवासँग मिलेका प्रचण्डलाई ओलीसँग मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले काठमाडौंमा चलखेल गरिरहेकी छन् ।
नेपाल डायलग फोरमले आज मंगलवार भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत यान्छीले नेपालका २ ठूला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रलाई मिलेर अघि बढ्न सुझाव दिएकी छन् । दुबै कम्युनिस्ट शक्ति मिलेर नेपाली जनताको आकांक्षा पूरा गरेको हेर्ने चाहना रहेको यान्छीले बताइन् ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको नाम नै लिँदै यान्छीले भनिन्, ‘नेपाली जनताको आकांक्षा पूरा गर्न तपाईंहरू मिल्नु जरुरी छ ।’
यसअघि तत्कालीन नेकपालाई विभाजन हुन नदिन समेत चीनले काठमाडौंमा खुबै चलखेल गरेको थियो । प्रधानमन्त्री देउवाले भारतसँग सम्बन्ध सुधार गर्न पार्टीको प्रतिनिधिमण्डल भारत भ्रमणमा पठाएको बेला चिनियाँ राजदूतले ओली र प्रचण्डलाई मिलाउन खोजेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।