आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँग सिधै भिड्ने तयारी गर्दै घनश्याम भुसाल

केपी ओलीसँग सिधै भिड्ने तयारी गर्दै घनश्याम भुसाल

  • मिडिया डबली
  • सोमवार, आश्विन २५ २०७८

  • 6.2K
    SHARES

  • केपी ओलीसँग सिधै भिड्ने तयारी गर्दै घनश्याम भुसाल

    काठमाडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

    विजयादशमी, दिपावली, छठ लगायतका चाडपर्वका अवसरमा पत्रकारहरूसँग आईतवार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी दिने संकेत गरे ।

    ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ भुसालले भनेका छन् ।

    हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुने गरी विधान संशोधन गराइसकेका छन् ।

    एमालेभित्र १० भाइ भनेर चिनिने नेतामध्येका उपमहासचिव भुसाल पनि एक हुन् । वैचारिक नेताका रुपमा समेत चिनिने उपमहासचिव भुसाल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका जनाइएको छ ।

    एमालेको १०औं महाधिवेशन अगामी मंसिर १०–१३ गते बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधनसहित पारित गर्दै महाधिवेशनको मिति समेत टुंगो लगाइसकेको छ ।

    राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेका पदाधिकारीसहित कमिटीहरुको संख्या र आकार निर्धारण भइरहेको छ । सम्पन्न विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरिएको छ ।

    पदाधिकारीमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित २२५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।

    उता, आईतवार आयोजित एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्षमा उम्मेदवार भएको अवस्थाबाहेक आफू पनि अध्यक्षमा उम्मेदवारी दिने जनाएका छन् । यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले ओली उम्मेदवार नभएको अवस्थामा आफू उम्मेदवार हुने बताए ।

    आगामी महाधिवेशनमा आफूले महासचिव पदमा पुनः उम्मेदवारी नदिने उनले बताए । तेस्रोपटक महासचिव नहुने बताउँदै उनले भने, ‘तेस्रो चोटी महासचिव हुन्न, विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन ।’

    आगामी महाधिवेशनबाट पनि पार्टी अध्यक्षमा ओलीलाई नै निरन्तरता पाउने संकेत उनले गरे । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउन आगामी महाधिवेशनमा पनि ओलीलाई नै पार्टीको अध्यक्ष बनाउनुपर्ने संकेत उनले गरेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend