शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आफ्नैले घेरिरहेका बेला प्रधानमन्त्री देउवालाई प्रचण्डले दिए दह्रो साथ !

आफ्नैले घेरिरहेका बेला प्रधानमन्त्री देउवालाई प्रचण्डले दिए दह्रो साथ !

  • मिडिया डबली
  • शनिवार, आश्विन २३ २०७८

  • 4.0K
    SHARES

  • आफ्नैले घेरिरहेका बेला प्रधानमन्त्री देउवालाई प्रचण्डले दिए दह्रो साथ !

    काठमाडौं – मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टी नेपाली कांग्रेसका नेताहरूले घेरिरहेका बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिएका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको विषयमा कतिपयले आलोचना गरिरहेका बेला अध्यक्ष प्रचण्डले देउवालाई साथ दिएका छन् ।

    भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले उद्योगमन्त्री हमालको नियुक्ति प्रधानन्यायाधीशसँग नजोडिएको बताए ।

    प्रचण्डले प्रधानन्यायाधीश र उद्योगमन्त्रीको बचाउ गर्दै अनावश्यक रूपमा होहल्ला गरिएको टिप्पणी समेत गरेका छन् । ‘नेपाली कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको छ । यो होहल्ला गर्नु कुनै आवश्यक नै छैन,’ प्रचण्डले भने, ‘जब नेपाली कांग्रेसले नै आफैं मान्छे हो भनेर आफ्नै कोटाको मन्त्रीको रूपमा ल्याइसकेपछि त्यसलाई यता हो र त्यता हो भनेर अनावश्यक अरु चर्चा गर्नुको केही तुक छैन ।’ 

    अध्यक्ष प्रचण्डले न्यायालयको सेटिङ भन्ने कुरा पनि निराधार भएको दाबी गरे । संवैधानिक व्यवस्थाअनुसार गैरसांसद समेत मन्त्री भएको ६ महिनाभित्र सांसद हुने व्यवस्था रहेको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend