काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मन्त्रालय भागबण्डाको विषयमा बालुवाटारमा जारी बैठकबाट नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।
अध्यक्ष नेपालले बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका बताइएको छ । मन्त्रालय भागबण्डामा अध्यक्ष नेपाल असन्तुष्ट रहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन पार्टी नै विभाजन गरेपनि आफूलाई प्रभावशाली मन्त्रालय नदिएकोमा नेपालको असन्तुष्टि रहेको छ ।
अध्यक्ष नेपाल बाहिरिएपनि गठबन्धनका अन्य दलका नेताहरू बालुवाटार बैठकमै बसिरहेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका दलबीच मन्त्रालय भागबण्डाको सहमति भइसकेपछि पनि अध्यक्ष नेपालले असन्तुष्टि जनाएका छन् ।
मन्त्रिमण्डललाई पूर्णता दिने अन्तिम तयारीमा रहेका गठबन्धनका दलबीच यसअघि नै मन्त्रालयको भागबण्डा भएको थियो । त्यो भागबण्डाअनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ६ तथा समाजवादी र जसपाले ४/४ वटा मन्त्रालय पाउने सहमति भएको थियो । मन्त्रालयको संख्याभन्दा पनि प्रभावशाली मन्त्रालय आफ्नो भागमा नपारेको नेपालको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।
बिहीबारको गठबन्धन बैठकमा अध्यक्ष नेपालले ६ मन्त्री पाउनुपर्ने माग गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।