आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेलको सारा खेल चौपट ! एमाले अध्यक्ष बन्ने चाहना सपनामै सीमित

ईश्वर पोखरेलको सारा खेल चौपट ! एमाले अध्यक्ष बन्ने चाहना सपनामै सीमित

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 5.2K
    SHARES

  • ईश्वर पोखरेलको सारा खेल चौपट ! एमाले अध्यक्ष बन्ने चाहना सपनामै सीमित

    काठमाडौं - राजनीतिलाई सबैभन्दा ठूलो नीति भनिन्छ । जसले समयअनुसार चल्न सक्यो उसकै मुठ्ठीमा पार्टी र सरकार रहन्छ भन्ने उदाहरण एमाले अध्यक्ष केपी ओली हुन् ।

    १४ वर्षदेखि मिर्गौला रोगले पीडित ओलीले दोस्रो कार्यकाल पनि अध्यक्ष बन्ने बाटो क्लियर गरेका छन् । हालै सम्पन्न विधान महाधिवेशनमा उनले पार्टीको विधानमा आफ्ना लागि ७० वर्षे उमेरहदले छेकवार नलाग्ने, तर अरुका लागि बाटो बन्द गर्ने गरी विधान संशोधन गराएका छन् ।

    ओली अब ७४ वर्षसम्म निर्धक्क पार्टी अध्यक्ष बन्नेछन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवासचन्द्र नेम्वाङ हेरेको हेर्यै हुने भएका छन् ।

    एमालेमा ओलीपछि विष्णु पौडेल वा शंकर पोखरेलको हातमा पार्टीको बागडोर पुग्ने देखिएको छ । सोही रोडम्यापअनुसार अघि बढ्न ओलीले अरु सबैलाई भुलभुलैयामा पारेका हुन् । पोखरेल र नेम्वाङको एमाले अध्यक्ष बन्ने ठूलो इच्छा थियो ।

    नेम्वाङ अहिलेसम्म नखुले पनि पोखरेलले भने केही समयअघि घरमै पत्रकारलाई बोलाएर आफूले १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन सक्ने घोषणा गरेका थिए तर अहिले उनी आफूमा फस्ट मेन बन्ने इच्छा नरहेको बताउन थालेका छन् ।

    मंगलबार एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा बाध्यताका कारण अब आफू ओलीलाई नै सहयोग गर्ने अवस्थामा पुगेको स्वीकारोक्ति गरेका छन् । किनकि पोखरेल अहिले नै ६९ वर्ष लागिसके । अर्को महाधिवेशनमा उनी ७३ वर्षका हुनेछन् ।

    उनलाई ७० वर्षे उमेर हदले पदाधिकारीमा दाबी गर्न रोक लगाउने छ । विगतमा नेकपामा रहँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आफ्नो अध्यक्ष बन्ने मार्गमा उनीहरू तगारो बनेको भन्दै पोखरेलले व्यापक आलोचना गरेका थिए ।

    ओली, प्रचण्ड र माधव मिल्न नसक्ने एउटा कारण पोखरेलको सुलसुले बानी पनि रहेको एमाले नेताहरू बताउँछन् । अहिले उनी आफू जहाँ बस्यो त्यही मूल पार्टी रहेको भन्दै आत्मरतिमा रमाउने अवस्थामा पुगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend