शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा एमालेले सूर्यभित्र राखेपछि प्रचण्ड आगो

माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा एमालेले सूर्यभित्र राखेपछि प्रचण्ड आगो

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 11.7K
    SHARES

  • माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा एमालेले सूर्यभित्र राखेपछि प्रचण्ड आगो

    काठमाडौं - ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको एमाले विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष केपी ओलीले नयाँ चुनाव चिन्ह सार्वजनिक गरे ।

    झन्डामा सूर्यभित्र हँसिया हथौडा थियो । जबकि एमालेको चुनाव चिन्ह सूर्य हो । २०४८ सालदेखि एमालेले सूर्य चुनाव चिन्ह प्रयोग गर्दै आएको छ । पार्टी नाम र सूर्य चुनाव चिन्हकै कारण अहिले पनि लाखौं कार्यकर्ता सोही पार्टीमा आबद्ध छन् ।

    माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दा पनि सो पार्टीमा धेरैको आकर्षण नदेखिनुको मुख्य कारण नै एमाले र सूर्य चुनाव चिन्ह भएको सबैलाई थाहा छ । तर, अहिले आएर एमाले अध्यक्ष ओलीले हँसिया हथौडा पनि चुनाव चिन्हमा दाबी गरेका छन् ।

    जबकि यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा छ । निर्वाचन आयोगले नै उक्त चुनाव चिन्ह दिएको हो । अहिले एमालेले सूर्यभित्र हँसिया हथौडा राख्न खोज्नुको अर्थ दुवै आफ्नै भन्ने भ्रम छर्न खोजेको देखिन्छ ।

    एमालेले आफ्नो पार्टीको नयाँ चुनाव चिन्ह निर्वाचन आयोगमा प्रस्ताव गर्न सक्छ । उसले माग र दाबी राख्न चाहनु अन्यथा होइन । तर, उसले अर्काको चुनाव चिन्हकै दाबी गर्न खोज्नु सामान्य होइन ।

    ओलीको यो हर्कतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगो भएका छन् । माओवादी केन्द्रको अस्तित्व नै देख्न नचाहने ओली प्रवृत्ति अहिले एमालेमा हाबी हुँदै गएको छ ।

    यदि सूर्यभित्र हँसिया हथौडा चुनाव चिन्ह राखेमा हिजो नेकपाकालीन सबै माओवादी केन्द्रले आफ्नो पार्टीलाई भोट दिन्छन् भन्ने सोच र भ्रम ओलीमा देखिएको छ ।

    निर्वाचन आयोगले यसअघि नै अर्को पार्टीसँग मिल्ने किसिमको चुनाव चिन्ह नदिएको सबैले जाने बुझेकै हो । तर पनि ओलीले माओवादी केन्द्रलाई नीच देखाउन विभिन्न हथकण्डा प्रयोग गर्न छाडेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend