शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

माओवादीले यी ३ प्रभावशाली मन्त्रालय पाउने देउवा र प्रचण्डबीच सहमति, को–को बन्दैछन् मन्त्री ?

माओवादीले यी ३ प्रभावशाली मन्त्रालय पाउने देउवा र प्रचण्डबीच सहमति, को–को बन्दैछन् मन्त्री ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 6.2K
    SHARES

  • माओवादीले यी ३ प्रभावशाली मन्त्रालय पाउने देउवा र प्रचण्डबीच सहमति, को–को बन्दैछन् मन्त्री ?

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेको छ ।

    हाल २ वटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब ३ मन्त्री र १ राज्यमन्त्री पाउने छ । 

    सोमवार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाट मन्त्रालयले पाउने मन्त्रालयको मोटामोटी टुंगो लागेको माओवादी स्रोतले जनाएको छ ।

    ‘हामीले पाउने मन्त्रालयहरूको लगभग टुंगो लागेको छ,’ माओवादी स्रोतले भन्यो, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय समेत हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकुद मन्त्रालय हामीले पाउने भएका छौं ।’

    यसअघि माओवादीले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पाइसकेको छ । देउवा र प्रचण्डबीच सोमवार सहमति भए पनि आज मंगलवार शीर्ष नेताहरूको बैठक बसेर मन्त्रालयको भागबण्डालाई अन्तिम रूप दिइने जनाइएको छ ।

    मन्त्रालयको भागबण्डा मिलेपछि दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने तयारी छ । माओवादीले स्थायी कमिटी बैठक राखेर मन्त्रीको टुंगो लगाउने भएको छ ।

    माओवादी पाउने ४ मन्त्रीमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा रहेको छ । बाँकी एउटा मन्त्रालयमा १ नम्बर प्रदेशबाट सुरेशकुमार राई, सुदन किराँती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये १ जना पर्न सक्ने वा सिन्धुलीबाट हरिबोल गजुरेल समेत पर्न सक्ने माओवादीका एक नेताले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend