काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न माग राख्दै आएका नेता प्रभु साहसहित २ नम्बर प्रदेशका २५ जनाले पार्टीमा विद्रोह गरेका छन् ।
नेता साह पक्षले राखेको ८ बुँदे मागलाई नजरअन्दाज गरिएको र एकलौटी रूपमा प्रदेश कमिटीमा राखिएको भन्दै जिम्मेवारी अस्वीकार गरेका छन् ।
पार्टीमा सहमति विना महाधिवेशनको मुखमा औचित्यहीन रूपमा खल्तीका मान्छेलाई प्राथमिकता दिएर कमिटीमा राखिएको भन्दै नेताहरूले आईतवार प्रेस विज्ञप्तिमार्फत प्रदेश कमिटी सदस्य पद अस्वीकार गरेको घोषणा गरेका छन् । पूर्व माओवादी नेताहरूलाई पार्टीमा ल्याएर एमालेलाई बलियो बनाउने अभियानमा लागेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो धक्का लागेको छ ।
प्रदेश कमिटी सदस्य पद अस्वीकार गर्नेमा रौतहटबाट ९ जना, महोत्तरीबाट १ जना, सर्लाहीबाट ३ जना, धनुषाबाट ५ जना रहेका छन् ।
यी हुन् पद अस्वीकार गर्नेहरू
१. उपेन्द्र साह
२. मनोजकुमार यादव
३. कुन्दन कुशवाहा
४. त्रिभुवन साह
५. सियाराम कुशवाहा
६. कविता साह
७. रामअधार कापड
८. राजकुमार यादव
९. शिव पुजन यादव
१०. श्रीलाल महासेठ
११. सिला यादव
१२. शिवकुमार कापड
१३. रामसिंह यादव
१४. ईस्लाम हवारी
१५. रामप्रित राम
१६. महेश यादव
१७. किसुन मण्डल
१८. राधाकृष्ण मैनाली
१९. शोभित यादव
२०. फुलझरी देवी
२१. योगेन्द्र साह
२२. सैनुला अन्सारी
२३. मुक्ति नारायण मिश्रा
२४. राश नारायण राय
२५. सन्तोष मेहता
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।