काठमाडौँ - प्रिन्सेस खरेलको प्रस्तुतिमा नायिका पूजा शर्मा र मोडल ओबि रायमाझीको दमदार नृत्यमा लोकदोहोरी गीत ‘रम रम मरौटी...’ रिलिज भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ।
चर्चित गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडिओले थोरै समयमा सर्बत्र चर्चा बटुल्न सफल भएको हो ।
सर्जक नेत्र अर्यालको शब्दलाइ तप्पक टिपेर गायक तथा संगीतकार खेम सेन्चुरीले गीतको लय गरेका छन् । चर्चित निर्देशक रामजी लामिछानेको निर्देशनमा तयार पारिएको भिडिओलाई सौरभ लामाले छायांकन गरेका हुन् ।
ओबी रायामाजी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।