काठमाडौँ- सर्जक तथा मोडल ओबि रायमाझीको 'लहै लहै...' बजारमा सार्वजनीक भएको छ। दर्जनौ गीतमा अभिनय गरेका मोडल रायमाझीको आवाजमा पहिलो पटक 'लहै लहै...' बजारमा ल्याएका हुन् ।
गायिका सन्ध्या बुढा ( काउली बुढी ) र ओबि रायमाझीको आवाज रहेको गीतको शब्द प्रकाश पराजुलीले लेखेका हुन् भने तै शब्दलाई टपक्क टिपेर रायमाझीले नै संगीत गरेका छन् ।
निर्देशक क्रान्त्री केसीको निर्देशनमा तयार गरिएको भिडियोमा मोडल रायमाझी र नायिका निता ढुंगानालाई देख्न सकिन्छ ।
ओबि रायमाझी नामक अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई अजय रेग्मीले छाँयाङकन गरेका छन् । भिडियोको सम्पादन क्रान्त्री केसीले नै गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।