शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डको रोजाइमा यी महिला नेत्री, माओवादीभित्र को बलियो ?

प्रचण्डको रोजाइमा यी महिला नेत्री, माओवादीभित्र को बलियो ?

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 2.8K
    SHARES

  • प्रचण्डको रोजाइमा यी महिला नेत्री, माओवादीभित्र को बलियो ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला नेत्री पञ्चा सिंहलाई विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष रोजेका छन् ।

    शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

    आज आईतवार बिहान अध्यक्ष प्रचण्डले युवा नेत्री पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका छन् । प्रचण्डले रोजेसँगै सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

    अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष तोकेपछि कतिपय विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन नेतृत्व विवादका कारण लम्बिँदै गएको छ ।

    क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी, दीपेश पुन दाबेदार रहेका थिए । सबै दाबेदारलाई पछि पार्दै सिंह क्रान्तिकारीको अध्यक्ष बनेकी छन् ।

    बस्नेत वरिष्ठ उपाध्यक्ष थिए भने सिंह उपाध्यक्ष रहेकी थिइन् । पञ्चा सिंह पार्टीको प्रदेश कमिटी सदस्य समेत हुन् । उनी यसअघिको अधिवेशनबाट अनिल शर्माको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

    नवनियुक्त अध्यक्ष सिंह अर्थमन्त्री जनार्दन शर्मानिकट मानिन्छिन् । प्रचण्डको रोजाइमा सिंह पर्नुलाई माओवादीभित्र अर्थमन्त्री शर्माको बलियो प्रभाव रहेको विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend