आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मार्सी बियरका मालिका दुर्गा प्रसाईंलाई एमालेमा विशेष सम्मान !

मार्सी बियरका मालिका दुर्गा प्रसाईंलाई एमालेमा विशेष सम्मान !

  • मिडिया डबली
  • शनिवार, आश्विन १६ २०७८

  • 6.3K
    SHARES

  • मार्सी बियरका मालिका दुर्गा प्रसाईंलाई एमालेमा विशेष सम्मान !

    काठमाडौं – पटक–पटक विवादमा आएर चर्चा कमाउने मार्सी बियरका मालिक दुर्गा प्रसाईंलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विशेष सम्मान दिएको छ ।

    पार्टी राजनीतिमा खासै सक्रिय नरहेको प्रसाईं एकैपटक विधान महाधिवेशन प्रतिनिधि बनेर ललितपुरको गोदावरी पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका प्रसाईंले पार्टीमा महत्त्व पाएका छन् ।

    स्थानीय बीएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईं एमालेको विधान महाधिवेशनको प्रतिनिधि बनेर एमाले राजनीतिमा सक्रिय भएका छन् ।

    विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक रहेका प्रसाईं नेकपा एकीकरणपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको मध्यस्थकर्ता बन्ने गरेका थिए तर प्रचण्डले ओली सरकार ढाल्न खोजेपछि प्रसाईंले आपत्ति जनाएका छन् । त्यसपछि प्रसाईं ओली नजिक भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend