आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोदावरीमा ओलीको शक्ति प्रदर्शन, माधव नेपाल अस्पतालको बेडमा

गोदावरीमा ओलीको शक्ति प्रदर्शन, माधव नेपाल अस्पतालको बेडमा

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 4.9K
    SHARES

  • गोदावरीमा ओलीको शक्ति प्रदर्शन, माधव नेपाल अस्पतालको बेडमा

    काठमाडौं - एमालेले सरकारबाट बाहिरिएपछि र पार्टी विभाजन भएपछि पहिलोपटक विधान महाधिवेशन गर्दैछ ।

    पहिले तीन हजार, त्यसपछि पाँच हजार हुँदै अहिले ६ हजार बढीले महाधिवेशनमा सहभागिता जनाउने एमालेले जनाएको छ ।

    पार्टी फुटे पनि आफ्नो शक्ति कम छैन है भन्ने देखाउन केपी ओलीले बडो तामझामका साथ महाधिवेशन आयोजना गर्न लागेका हुन् । महाधिवेशनको शुक्रबार उद्घाटन गरिएको छ ।

    तर आफैंले जन्माएको, हुर्काएको, बढाएको एमालेको विधान महाधिवेशन हुँदै गर्दा माधवकुमार नेपाल भने अस्पतालको शैय्यामा छन् । केही दिनदेखि भाइरल ज्वरो र रुघाखोकीले गर्दा उनी महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका नेपालसँग भेटघाट पूर्णरूपमा बन्द गरिएको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार नेपालको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । 

    माधव नेपाल अस्पतालको बेडमा भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नसमेत सकेका छैनन् । गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा लगाउन बाँकी रहेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । त्यसमा पनि नेता नेपाल स्वस्थ भई अस्पतालबाट नफर्केसम्म प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् ।

    uml-3-6.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend