काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको विधानबाट २ वटा पद नै हटाएको छ ।
महाधिवेशनमा प्रतिनिधिलाई बाँडिएको विधान प्रस्तावमा वरिष्ठ नेता र उपमहासचिव पद नै समावेश नरहेको स्रोतले जनाएको छ ।
यसअघि निवर्तमान अध्यक्ष नै वरिष्ठ नेता रहने व्यवस्था रहेको थियो ।
प्रस्तावित विधानअनुसार एमालेमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जना मात्र पदाधिकारी रहने भएका छन् ।
केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था विधानमा गरिएको छ ।
यसअघि आयोगमा अध्यक्ष र सचिव मात्र रहने व्यवस्था रहेको थियो । एमालेमा अहिले पूर्व पार्टी प्रमुखहरु कोही पनि नरहेकाले वरिष्ठ नेता पद नराखिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।