आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल छाडेका एमालेका १० भाइ पनि प्रतिनिधिसभा विघटन सही थियो भन्ने पक्षमा !

माधव नेपाल छाडेका एमालेका १० भाइ पनि प्रतिनिधिसभा विघटन सही थियो भन्ने पक्षमा !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 10.8K
    SHARES

  • माधव नेपाल छाडेका एमालेका १० भाइ पनि प्रतिनिधिसभा विघटन सही थियो भन्ने पक्षमा !

    काठमाडौं - राजनीति बडो विचित्रको हुँदो रहेछ भन्ने कुरा एमालेमा देखिएको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।

    हिजोसम्म प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगामी भनेर कुर्लने, सडकमा आन्दोलन गर्ने, त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने एमालेका १० भाइ अहिले केपी ओलीले दुई–दुईचोटि गरेको प्रतिनिधिसभा विघटन सही थियो भन्ने निष्कर्षमा पुगेका छन् ।

    एमालेमा विगतमा माधवकुमार नेपाल पक्षमा रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त संसद् विघटनविरुद्ध आन्दोलनमा लागेका थिए । त्यसबेला उनीहरूले ओलीलाई संसारकै तानाशाह र निरंकुश भएको आरोप लगाए । अहिले तिनै १० भाइ ओलीको जयजयकार गाउन व्यस्त छन् ।

    आजदेखि ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेशन हुँदैछ । महाधिवेशन असोज १७ गतेसम्म चल्नेछ ।

    महाधिवेशनले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान प्रतिवेदन पारित गर्नेछ । पार्टीको ठूलै हिस्सा लिएर माधवकुमार नेपाल बाहिरिए पनि अझै बलियो भएको देखाउन ओलीले विधान महाधिवेशन गर्न लागेका हुन् ।

    महाधिवेशनले विगतमा ओलीले प्रतिनिनिधसभा विघटन गरेको निर्णयलाई सही थियो भन्ने अनुमोदन गर्ने भएको छ । पार्टीको त्यो निर्णयमा हिजो संसद् विघटन गलत थियो भन्ने रावल, शाक्य, भट्टराई, भुसाल, पाण्डे, आचार्य, पन्त, विष्टले पनि ल्याप्चे लगाउने निश्चित छ । किनभने विधान महाधिवेशनमा माधव नेपाल छाडेर ओलीलाई सहयोग गर्न पुगेका १० भाइलाई कुनै भूमिका र जिम्मेवारी दिइएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend