शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

स्थायी कमिटी बैठकअघि प्रचण्डले भेटे प्रधानमन्त्री देउवा, के भयो कुराकानी ?

स्थायी कमिटी बैठकअघि प्रचण्डले भेटे प्रधानमन्त्री देउवा, के भयो कुराकानी ?

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 3.2K
    SHARES

  • स्थायी कमिटी बैठकअघि प्रचण्डले भेटे प्रधानमन्त्री देउवा, के भयो कुराकानी ?

    काठमाडौं, १३ असोज-  माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर फर्केलगत्तै पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

    माओवादी केन्द्रको आजको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने एक नेताले बताए । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो । प्रधानमन्त्री देउवाले सम्भवतः बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ ।

    कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच-पाँच मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend