काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा चर्किएको गुटबन्दीका कारण भातृ संगठन युवासंघ नेपालमा ठूलो विद्रोह भएको छ ।
पार्टी स्थायी समिति सदस्य रघुवीर महासेठले दादागिरी गरेकोमा विरोध गर्दै युवासंघका १७ केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
युवा संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ इन्चार्ज सञ्जीव झाले असोज ११ गते राजीनामा दिएका छन् ।
उपाध्यक्ष झाले राजीनामा बुझाएपछि प्रदेश २ बाट युवासंघमा आवद्ध युवाहरुले धमाधम राजीनामा घोषणा गरिरहेका छन् ।
केन्द्रीय अनुशासन आयोगका सचिव दिनेश सिंह, केन्द्रीय सचिवालय सदस्यहरु ईद मोहम्मद साफी, अभिषेक अग्रवाल र राम उदागर यादवले राजीनामा दिएका छन् ।
नेता रघुवीर महासेठले पार्टीमा अवसरवाद, जातिवाद र परिवारवाद भित्र्याएकोमा संघर्ष गर्नका लागि राजीनामा दिएको उपाध्यक्ष झाले बताए ।
एमाले पार्टीलाई अप्ठ्यारो पर्दा महासेठ कहिल्यै नबोल्ने तथा फाइदा र अवसर आउँदा मात्रै अगाडि आउने गरेको झाको आरोप रहेको छ ।
नेकपा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाउने गलत निर्णयमा समेत हस्ताक्षर गरेको र अहिले नेतृत्वको चाकडी देखाउनका लागि नेताहरुलाई हतोत्साहित गर्न महासेठ लागि परेको नेताहरुको आरोप रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।