काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेता बनाउन खोजेकोमा आपत्ति जनाएका छन् ।
मंगलवार राजधानी काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा अध्यक्ष ओलीले सरकारको निर्णयले नेपालमा विपत्ति ल्याउने दाबी गरे ।
एमाले पार्टीले कालोधनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओलीले घोषणा गरे ।
उनले एमसीसीबारे सरकारको धारणा पुनः माग गरेका छन् । एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरू नै नेपाल आउनुपर्ने भनी प्रश्न गरेका छन् । उनले सरकारको धारणा नआई आफूहरूले एमसीसीबारे धारणा बनाउन नमिल्ने अडान दोहोर्याएका थिए ।
मुलुक अब निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । संसदले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्लि निर्वाचनमा जानुपर्ने ओलीले तर्क गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।