आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलसँगै १० बुँदेको बैठक गरेपछि लेखराज भट्टको जवाफ : ‘इन्चार्ज त मै हुँ’

भीम रावलसँगै १० बुँदेको बैठक गरेपछि लेखराज भट्टको जवाफ : ‘इन्चार्ज त मै हुँ’

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 4.0K
    SHARES

  • भीम रावलसँगै १० बुँदेको बैठक गरेपछि लेखराज भट्टको जवाफ : ‘इन्चार्ज त मै हुँ’

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी एकतालाई अझै सुदृढ बनाउने निर्णय गरेको छ ।

    पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर आन्तरिक एकतालाई थप सुदृढ बनाउने एमालेको निष्कर्ष रहेको छ ।

    सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मंगलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको छ । 

    बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद समाधान गर्ने विषयमा विभिन्न उपायबारे छलफल सुरू गरेको कार्यदलका संयोजक भीम रावलले बताए । पार्टी उपाध्यक्ष समेत रहेका रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउने जानकारी दिए ।

    उपाध्यक्ष रावलसँगै बैठकमा सहभागी कार्यदलका सदस्य लेखराज भट्टले भने सुदूरपश्चिमको इन्चार्ज आफू नै रहेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिएका छन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘इन्चार्ज त मै हुँ ।’

    बैठकमा कार्यदलका सदस्यले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि २०७५ जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदलका सदस्य लेखराज भट्टले बताएका छन् ।

    उपाध्यक्ष रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्च को हुने भन्ने विषयमा विवाद देखिएको छ । रावलले विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरेका छन् । 

    कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend