आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले दिनदिनै निहुँ खोज्न थालेपछि सभामुख सापकोटाको यस्तो ‘एक्सन’ !

एमालेले दिनदिनै निहुँ खोज्न थालेपछि सभामुख सापकोटाको यस्तो ‘एक्सन’ !

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 7.5K
    SHARES

  • एमालेले दिनदिनै निहुँ खोज्न थालेपछि सभामुख सापकोटाको यस्तो ‘एक्सन’ !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन् ।

    बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि सभामुख सापकोटाले कार्यसूची अगाडि बढाएका छन् ।

    विगतजस्तै सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुख सापकोटाले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेदेखि संसदमा निरन्तर नाराबाजी गर्दै आएका छन् । 

    एमाले सांसदले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्‍याएका छन् । 

    एमालेको नाराबाजी चलिरहेपनि सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।

    प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित भएका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको सन्देश सुनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend