शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डपुत्री रेणु दाहाललाई टक्कर दिन यी बने कांग्रेसका कमाण्डर

प्रचण्डपुत्री रेणु दाहाललाई टक्कर दिन यी बने कांग्रेसका कमाण्डर

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 14.5K
    SHARES

  • प्रचण्डपुत्री रेणु दाहाललाई टक्कर दिन यी बने कांग्रेसका कमाण्डर

    काठमाडौं – विगतमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र चितवनको भरतपुर महानगरपालिकामा गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाललाई मेयर उम्मेदवार बनाइयो । कांग्रेसको समर्थनमा रेणु मेयर पदमा जितिन् ।

    तर प्रतिनिधिसभा निर्वाचन हुँदा प्रचण्डले कांग्रेसलाई धोका दिए । जसले गर्दा चितवनमा कांग्रेसका उम्मेदवारले सांसद पद जित्न सकेनन् । प्रचण्डको सहारामा रेणुले प्रभाव बढाउँदै लगेको भरतपुरमा कांग्रेसको हस्तक्षेप बढाउन भरतपुर महानगर सभापतिमा चित्रशेन अधिकारी विजयी भएका छन् । सभापति अधिकारीले मेयर रेणुसँग टक्कर लिएर कांग्रेसलाई बलियो बनाउने स्थानीय नेता कार्यकर्ताको विश्वास छ ।

    १४औं महाधिवेशनअन्तर्गत भरतपुर महानगरको सभापतिमा अधिकारी विजयी भएका हुन् । सभापतिमा विजयी अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

    कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आईतवार भएको निर्वाचनमा उनी ६४९ मत ल्याएर विजयी भएका छन् । चित्रशेनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत प्राप्त गरेका छन् । सभापतिका लागि ५ जना चुनावी मैदानमा होमिएका थिए ।

    महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपानेले जितेका छन् । न्यौपानेले ६६१ मत पाएका छन् । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी विजय घलले ५५६ मत मात्रै पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend