आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको उद्धार गरेको अध्यादेश खारेज गर्ने तयारी, प्रदेश सरकार फेर्नेबारे यस्तो सहमति

माधव नेपालको उद्धार गरेको अध्यादेश खारेज गर्ने तयारी, प्रदेश सरकार फेर्नेबारे यस्तो सहमति

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 4.6K
    SHARES

  • माधव नेपालको उद्धार गरेको अध्यादेश खारेज गर्ने तयारी, प्रदेश सरकार फेर्नेबारे यस्तो सहमति

    काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आईतवार बसेको सत्ता गठबन्धन आवद्ध ५ दलको बैठकपछि गठबन्धन आवद्ध नेताहरु राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका छन् ।

    ‘दल विभाजन सम्बन्धी अध्यादेशमा गठबन्धनभित्र व्यापक छलफल भएको छ, फिर्ता गर्ने विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गरेर टुंगो लगाउने सहमति भएको छ, शीर्ष तहमा छलफल गरेर छिट्टै निर्णय हुन्छ,’ गठबन्धन आवद्ध एक नेताले भने ।

    बालुवाटारभित्र बस्ने निरन्तरजसो बैठकमा गठबन्धन आवद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने अडान लिएका छन् । शनिवार समेत उनले गठबन्धन बैठकमा सोही अडान दोर्‍याएका छन् ।

    शनिवारको बैठकमा यादवले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर दलीय व्यवस्थालाई नै कमजोर बनाएकाले अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने बताए । आईतवारको बैठकमा उनी अडान कायमै रहेको भन्दै सहभागी नै भएनन् ।

    अध्यक्ष यादवले अडान नछाडेपछि शीर्ष तहमा छलफल गरेर निर्णय लिने गरी नेताहरु अध्यादेश फिर्ता गर्न सहमत भएका छन् ।

    यसअघि गठबन्धन आवद्ध दलबीच अध्यादेशका सन्दर्भमा प्रतिस्थापन विधेयक ल्याउनेबारे छलफल भएको थियो । अध्यादेश भदौ २३ गतेमा प्रतिनिधि सभामा टेबल भएको छ ।

    सरकारले एमाले र जसपा विभाजन गर्ने गरी भदौ १ गतेमा दल विभाजन खुकुलो बनाउने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशपछि भदौ ९ गते अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दलको मान्यता पाएका थिए ।

    अध्यादेशमा संसदीय दल वा केन्द्रीय कार्यसमितिमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सकिने खुकुलो प्रावधान राखिएको छ । त्यसले सत्तारुढ गठबन्धनमै मन्त्रिपरिषद् विस्तार भए असन्तुष्ट नेताहरुले फेरि दल फुटाउने डर बढ्दै गएको छ ।

    आईतवारको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे समीक्षा समेत भएको छ । समीक्षामा अध्यादेशकै कारण मन्त्रिपरिषद् विस्तार रोकिएको निष्कर्ष निकालिएको छ ।

    आईतवारको सत्ता गठबन्धन बैठकले प्रदेश १ र बाग्मती प्रदेशमा समेत केन्द्रकै जस्तो गठबन्धन बनाएर सरकार निर्माणमा अघि बढ्ने सहमति गरेको छ । ती प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा रहेको गठबन्धन बनाएर सरकार बनाउने शीर्ष तहमा सहमति भएको जनाइएको छ ।

    आईतवारको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपाबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend