आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फुटिसकेको एमालेमा पदका लागि घमासान ! 

फुटिसकेको एमालेमा पदका लागि घमासान ! 

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 3.5K
    SHARES

  • फुटिसकेको एमालेमा पदका लागि घमासान ! 

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा ७ उपाध्यक्ष र त्यति नै संख्यामा सचिव बनाउन नेताहरुले सुझाव दिएका छन् ।

    केन्द्रीय कमिटीको जारी बैठकमा उपाध्यक्षको संख्या थप्न सुझाव दिइएको छ ।

    उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल गर्न बनाइएका समूहले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका छन् ।

    उपमहासचिव पौडेलको प्रस्तावमा ३ उपाध्यक्ष र ७ सचिव रहने प्रस्ताव गरिएको छ ।

    समूहगत छलफलपछि आज शनिवार अधिकांश टोली नेताले उपाध्यक्ष पद बढाउनुपर्ने सुझाव दिएका छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेशअनुसार उपाध्यक्ष संख्या राख्नुपर्ने सुझाव आएको बताए ।

    समूहगत टोली नेताहरुले उपाध्यक्षलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिन समेत सुझाव दिएका छन् ।

    नवौं महाधिवशेनदेखि ५ उपाध्यक्षको व्यवस्था गरिएको थियो । पार्टीमा विवादकैबीच अध्यक्ष ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठकमा २ र पछि १ थप गरेर ३ उपाध्यक्षको प्रस्ताव गरिएको छ ।

    प्रचार विभाग प्रमुख भट्टराईले पार्टीको कुनै पनि कार्यकारी पदमा २ कार्यकाल मात्र जिम्मेवारी पाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने सुझाव टोली नेताहरुले राखेका जानकारी दिए ।

    पार्टीको जिम्मेवारी लिन ७० वर्ष उमेर हद कायम गर्न पनि समूहगत छलफलबाट सुझाव आएको भट्टराईले बताए । पार्टीको हालको विधानमा पनि ७० वर्षे उमेरहद र कार्यकारी पदमा २ कार्यकाल मात्रै रहन पाउने व्यवस्था रहेको छ । 

    १ नम्बर प्रदेशको समूहबाट हिक्मत कार्की, २ नम्बर प्रदेशबाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापाले समूहको सुझाव राखेका छन् । उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागको तर्फबाट खगराज अधिकारीले सुझाव राखेका छन् ।

    एमालेमा युवालाई नेतृत्वसम्मै पुर्‍याउनुपर्ने माग पनि चर्काे रुपमा उठेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार प्रत्येक तहमा युवा नेतृत्वलाई उल्लेख्य रुपमा बढाउनुपर्ने सुझाव आएको छ । नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, जनप्रतिनिधिदेखि नेतृत्वसम्मै  युवाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरिएको छ ।

    पार्टी बढीभन्दा बढी समावेशी बनाएर राष्ट्रिय चरित्रको पार्टी बनाउनुपर्ने सुझाव समेत टोलीहरुले दिएका छन् । 

    आउने निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीका कामकारवाही अगाडि बढाउनपर्ने सुझाव नेताहरुले राखेका छन् ।

    प्रचार विभाग प्रमुख भट्टराईका अनुसार आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसको तयारीमा केन्द्रित हुनुपर्ने सुझाव बैठकमा नेताहरुले दिएका छन् ।

    केन्द्रीय कमिटी बैठकमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको धारणा स्पष्ट बनाउनुपर्ने माग उठेको छ । एमालेको राजनीतिक प्रतिवेदन एमसीसीबारे मौन रहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend