आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको नयाँ पार्टीको रोग एमालेमा सर्‍यो !

माधव नेपालको नयाँ पार्टीको रोग एमालेमा सर्‍यो !

  • मिडिया डबली
  • शनिवार, आश्विन ९ २०७८

  • 5.8K
    SHARES

  • माधव नेपालको नयाँ पार्टीको रोग एमालेमा सर्‍यो !

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो । तर नयाँ गठन भएको पार्टीमा पदाधिकारीका आकांक्षी धेरै भएपनि ७ उपाध्यक्ष,  उपमहासचिव र सचिव गरी धेरै पदाधिकारी बनाइए । 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै उपाध्यक्ष बनाइएकोप्रति व्यंग्य गर्दै एस पार्टीलाई ‘पदाधिकारी पार्टी’को संज्ञा दिएका थिए । तर अब पदाधिकारी धेरै जना बन्नुपर्ने रोग एमालेतिर पनि सरेको छ ।

    नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ७ जना उपाध्यक्षको व्यवस्था हुनुपर्ने माग भएको छ । प्रस्तावित विधानमा ३ जना मात्रै उपाध्यक्ष बनाउन खोजिएपनि केन्द्रीय कमिटीमा १ प्रदेशबाट १ उपाध्यक्ष हुनुपर्ने माग गरिएको छ ।

    ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा १ नम्बर प्रदेशको तर्फबाट समूहको निष्कर्ष सुनाउँदै टोली नेता हिक्मत कार्कीले कमिटी प्रणालीलाई व्यवस्थित गर्न त्यसैअनुसार व्यवस्थापन गरिनुपर्ने बताए । 

    केन्द्रीय कमिटी २२५ जनाभन्दा ठूलो आकार बनाउनुपर्ने, प्रदेश कमिटीलाई कार्यकारी कमिटीकै रुपमा अगाडि बढाउनुपर्ने, ७ वटै प्रदेश सम्पर्क मञ्च बनाइनुपर्ने समूहको निष्कर्ष रहेको छ । केन्द्रीय, प्रादेशिक र स्थानीय कमिटीलाई पूर्ण समावेशी बनाउनुपर्ने, शुद्धीकरण अभियान चलाइनुपर्ने, विधान महाधिवेशनलाई नीति तथा विधान महाधिवेशन भनेर व्यवस्था गर्नुपर्ने सुझाव आएको छ ।

    राजनीतिक प्रतिवेदनमा एमाले सरकारलाई परमादेशबाट हटाइएको विषयलाई लिपिवद्ध बनाउनुपर्ने, पार्टी विभाजन, महाधिवेशनपछिको अवस्था, चुनावी गठबन्धनसम्मको अवस्थालाई प्रस्ट रुपमा ल्याउनुपर्ने, सुदृढ र एकताबद्व एमाले बनाएर लैजानुपर्ने विषय सुझावमा आएका छन् ।

    बागमती प्रदेशबाट समूहको निष्कर्ष सुनाउँदै नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् । पोखरेलले भने, ‘पार्टीको सरकार भएपछि पार्टीको निर्देशन मान्नुपर्छ । आजको नेकपा एमाले हिजोको नेकपाको निरन्तरता हो । २ अध्यक्षको व्यवस्था हिजो एकीकरण हुँदा विभाजनसम्मकै स्थिति आयो । पार्टीको शुद्धीकरण अभियान तलसम्म लैजानुपर्छ । पार्टीलाई मजबुत बनाएर लैजान सर्कुलर मात्रै जारी गरेर हुँदैन । अब आगामी निर्वाचनलाई ध्यानमा राखेर जानुपर्छ । अहिलेसम्म ३ वटै सरकारले गरेका राम्रो कामलाई जनतासम्म लिएर अगाडि बढ्नुपर्छ ।’

    पोखरेलले एमालेको आन्तरिक जीवनमा देखिएको समस्यालाई हल गरेर जानुपर्ने समेत बताए । पार्टी अनुशासन लगायतका विषयमा ध्यान दिनुपर्ने, अनुशासनको उल्लंघन हुँदा त्यसले समस्या ल्याएकाले कारबाही गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्यांकन हुनुपर्ने, फौजदारी अभियोग लागेर कारवाही भोगेका व्यक्तिलाई जिम्मेवारी दिन नहुने सुझाव दिइएको छ ।

    ‘सबै पार्टी कमिटीका पदाधिकारीमा अनिवार्य महिला र अरु समावेशी हुनुपर्छ,’ सुझावमा भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend