आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा डा. शेखर कोइराला र गगन थापा सँगसँगै !

कांग्रेसमा डा. शेखर कोइराला र गगन थापा सँगसँगै !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 12.6K
    SHARES

  • कांग्रेसमा डा. शेखर कोइराला र गगन थापा सँगसँगै !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक सरगर्मी बढ्दै गएको छ ।

    क्रियाशील सदस्यता विवाद नमिलेका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित छन् । यस्तो बेला सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच विवाद भएपनि छलफलबाट महाधिवेशन कार्यतालिका संशोधनमा सहमति जुटिरहेको छ ।

    बेमेलबीच पनि देउवा, पौडेल र सिटौलाबीच कार्यतालिका संशोधनमा सहमति जुटिरहेका बेला सभापतिका आकांक्षी डा. शेखर कोइराला र महामन्त्रीका आकांक्षी गगनकुमार थापाको छुट्टै धार देखिएको छ ।

    थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने कोइराला पनि सभापतिको दौडमा धेरै अगाडि बढिसकेका छन् । यस्तो बेला देउवा, पौडेल र सिटौलाले मिलेर कार्यतालिका संशोधन गरिरहेकोमा असन्तुष्टि जनाउने मामिलामा कोइराला र थापा सँगसँगै देखिएका छन् ।

    नेता डा. कोइरालाले महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति असहमति जनाएका छन् । शुक्रवार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा  असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दशैंअघि २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएपछि डा. कोइरालाले आलोचनात्मक टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै कोइरालाले वडा अधिवेशन सकिएका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि जिल्ला अधिवेशन गर्नुको कारण मागेका छन् ।

    कोइरालाको जिज्ञासा छ, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नुको कारण के हो ? सँगैको जिल्लामा गर्ने र छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’ 

    कोइरालाले भनेका छन्, ‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आए छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ?’

    शुक्रवारको निर्णयले पदाधिकारी र पूर्व पदाधिकारीहरूले नै महाधिवेशन नचाहेको संकेत देखिएको कोइरालाको आरोप रहेको छ । क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या समाधान नहुनुको कारण समेत कोइरालाले मागेका छन् ।

    डा. कोइरालाको प्रश्न छ, ‘क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने प्रयास भइरहेको छ ?’

    सभापतिको दौडमा रहेका कोइराला मात्रै होइन, महामन्त्रीको दौडमा रहेका थापाले समेत महाधिवेशन कार्यतालिका हेरफेरप्रति असन्तुष्टि जनाएका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने ? नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने । अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

    यसरी कांग्रेसमा कोइराला र थापाले नयाँ धारको निर्माण गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend