आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा घनश्याम भुसालको विद्रोह, केपी ओलीले पेलेपछि छुट्टै हिँडे यी नेता

एमालेमा घनश्याम भुसालको विद्रोह, केपी ओलीले पेलेपछि छुट्टै हिँडे यी नेता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 7.7K
    SHARES

  • एमालेमा घनश्याम भुसालको विद्रोह, केपी ओलीले पेलेपछि छुट्टै हिँडे यी नेता

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पार्टी एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै उपमहासचिव घनश्याम भुसाल लगायत नेताहरूले विद्रोह गरेका छन् ।

    एमालेमा तेस्रो धारका नेताहरूले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने चेतावनी दिए । 

    एकता प्रस्तावको अक्षरश पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रष्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी नेताहरूले दिएका छन् ।

    तेस्रो धारका नेताहरूले आफ्ना मागबारे अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेपनि ओलीले पेलेर जान थालेपछि विद्रोह सुरु भएको छ । विद्रोहसँगै उपमहासचिव भुसाल पार्टीको समूहगत छलफलमा सहभागी भएका छैनन् ।

    पार्टी विधान महाधिवेशनको पूर्व तयारीस्वरूप विभिन्न दस्तावेजमाथि छलफल गर्न आज शुक्रवारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताहरूले गम्भीर चेतावनी दिएका छन् ।

    आज शुक्रवारको एमाले बैठकमा ३ वटा दस्तावेजमा समूहगत छलफल गर्न ८ वटा समूह बनेका छन् । तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने जनाएका छन् ।

    केन्द्रीय सदस्य झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरूले उपाध्यक्ष भीम रावलसहित नेताहरूमाथि दबाब बढाएका छन् । उपमहासचिव घनश्याम भुसालले आफूनिकट नेताले अघि सारेको माग जायज भन्दै बैठकमा सहभागी नहुने अडान लिएका छन् ।

    पार्टीमा असन्तुष्ट नेताहरू समूहगत छलफलमा सहभागी नहुने र १० बुँदेको कुरा उठेपछि बैठकस्थल बाहिर उपाध्यक्ष भीम रावल र ओलीनिकट सचिव प्रदीप ज्ञवालीबीच छलफल भएको छ । 

    नेकपा एमालेमा तेस्रो धारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त सम्मिलित छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend