आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजीनामा दिएका बामदेव गौतम एमालेमै, केपी ओलीले नछाडेपछि ...

राजीनामा दिएका बामदेव गौतम एमालेमै, केपी ओलीले नछाडेपछि ...

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 6.8K
    SHARES

  • राजीनामा दिएका बामदेव गौतम एमालेमै, केपी ओलीले नछाडेपछि ...

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले पार्टी विभाजनपछि केन्द्रीय कमिटीको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरेको छ ।

    नेकपा एकीकृत समाजवादी (एस) पार्टीतिर सनाखत गरेका केन्द्रीय सदस्यको नाम हटाएर एमालेले बाँकीको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।

    एमालेले अद्यावधिक गरेको विवरणमा उपाध्यक्ष बामदेव गौतम र सोमप्रसाद पाण्डे यतावत नै रहेका छन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिइसकेका छन् भने पाण्डे एस पार्टीमा जान इच्छुक छन् ।

    उपाध्यक्ष गौतमले एमाले छाड्न राजीनामा दिएपनि अध्यक्ष ओलीले गौतमलाई छाड्न सकेनन् । ओलीले गौतमको राजीनामा स्वीकृत नगरी बरु उनलाई एमालेमै कायम रहेको विवरण निर्वाचन आयोगमा पठाएका छन् ।

    नेता पाण्डेले नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखत गर्न निवदेन दिए पनि आयोगले उनको सनाखत लिन अस्वीकार गरेको थियो । त्यसपछि निर्वाचन आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएर सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।

    नेकपा एसतिर गएका केन्द्रीय सदस्य विक्रम शाही समेत एमालेकै केन्द्रीय सदस्यका रूपमा यथावत रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend