काठमाडौं - सरकार बनेको साढे दुई महिनासम्म पनि गठबन्धनमा आबद्ध दलले मन्त्रीको सूची नबुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् ।
उनले पटकपटक सत्तारुढ गठबन्धनको बैठकमा मन्त्री बन्नेको नाम दिन आग्रह गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिन सकेका छैनन् ।
ुबुधबार साँझ बसेको गठबन्धनको बैठकमा पनि मन्त्री बन्नेको नाम दिन प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । बुधबारको बैठकमा मन्त्रालयको भागबन्डा लगाइए पनि अझै को को मन्त्री बन्ने भन्ने स्पष्ट छैन । लामो समयदेखि प्रधानमन्त्री देउवाले मन्त्री बन्नेको नाम मागिरहेका छन् । तर, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण जसपा अध्यक्ष यादव सरकारमा जान डराइरहेका छन् ।
माओवादी केन्द्रको आन्तरिक किचलो, एकीकृत समाजवादीको अदालतको लफडा र जसपामा मन्त्री नपाउँदा सांसदहरू लोसपा प्रवेश गर्ने डरले मन्त्रिपरिषद्ले पूर्णता पाइरहेको छैन । जसकारण देउवा निकै आक्रोशित भएका छन् ।
मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा एमाले अध्यक्ष केपी ओलीले पनि खिसिट्युरी गरिरहेका छन् । कतिसम्म भने ओलीले सरकारले पूर्णता नपाउँदै ढल्ने भविष्यवाणी गरेपछि प्रधानमन्त्री देउवा प्रचण्ड, माधव र उपेन्द्रसँग रिसाएका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने र बेलुकासम्म मन्त्री बन्नेको सूची बालुवाटार पुग्ने भएको छ । सम्भवतः आजै नभए शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धन दल सहमत भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।