आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ मन्त्री नियुक्तिमा किन लाग्यो ‘ब्रेक’ ? माधव नेपालको अर्कै अडान !

नयाँ मन्त्री नियुक्तिमा किन लाग्यो ‘ब्रेक’ ? माधव नेपालको अर्कै अडान !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 6.1K
    SHARES

  • नयाँ मन्त्री नियुक्तिमा किन लाग्यो ‘ब्रेक’ ? माधव नेपालको अर्कै अडान !

    काठमाडौं – यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा फेरि ‘ब्रेक’ लागेको छ ।

    सरकार विस्तारबारे छलफल गर्न बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णित बनेको छ ।

    गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आवद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए तर गठबन्धन आवद्ध मध्येकै नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजन सम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताए ।

    गठबन्धन आवद्ध अर्को घटक जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको छ ।

    ‘बैठकमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले सरकार विस्तार गर्न ढिला भएको भन्दै गठबन्धन आवद्ध दलसँग मन्त्रीको सूची माग्नुभयो तर माधवजी र उपेन्द्रजीहरुको विचार अलि फरक आयो, माधवजीको भनाइ अदालतको मुद्दा टुंगिएपछि गरौं भन्ने छ, उपेन्द्रजीलाई दल विभाजन अध्यादेशको डर छ,’ बैठकमा सहभागी गठबन्धन आबद्ध दलका एक नेताले भने । देउवा प्रधानमन्त्री बनेको बुधवार ७२ दिन पूरा भएको छ ।

    बुधबार नै प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा आफ्नै दलबाट नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि देउवालाई आफ्नै दलबाट समेत मन्त्रिपरिषद् विस्तार गर्न दबाब बढेको छ ।

    बुधवार खड्का मन्त्री नियुक्त भएसँगै बसेको कांग्रेस भित्रको संस्थापनइतर पक्षको बैठकमा देउवाले मन्त्री नियुक्त गर्दा एकलौटी गरेको भन्दै आलोचना भएको थियो । ‘मन्त्रीजति सबै आफैं मात्रै राख्ने, विस्तार नगर्ने, कसलाई कति दिने हो निर्णय नगर्ने, यो एकलौटी भयो,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

    बुधवार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीवार नै मन्त्रिपरिषद् विस्तार हुने भन्दै ब्रिफिङ गरेका थिए । सरकारलाई सहजीकरण गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले मन्त्रालय भागबण्डामा सहमतिको गृहकार्य गरिरहेको छ ।

    स्रोतका अनुसार कार्यदलले कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ मन्त्री र १ राज्यमन्त्री, नेकपा एसलाई ५ मन्त्री र १ राज्यमन्त्री, जसपालाई ४ मन्त्री र १ राज्यमन्त्री दिने गरी सहमतिको प्रयास गरिरहेको छ ।

    कार्यदलका संयोजक रहेका नेता खड्काले बुधवारको गठबन्धन बैठकमा संसद् सञ्चालन, संसद्मा रहेका अध्यादेश पारित गर्ने विषय लगायतमा छलफल भएको बताए ।

    बुधवार बसेको गठबन्धन आवद्ध दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेस महामन्त्री खड्का, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष यादव, डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतको सहभागिता रहेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend