काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बिहीवार मन्त्रिपरिषद् विस्तार हुने घोषणा गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउँदै भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
पार्टी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भएपनि अब ढिला नहुने जानकारी गराएका बताएका छन् ।
‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टिङ गर्नुभयो, त्यसक्रममा सरकार विस्तारको विषय अध्यादेशले ढिलो भयो, अब यसलाई टुंग्याएर आज वा भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ,’ अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै प्रवक्ता महराले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’
बैठकले माओवादीको प्रवास कमिटीले बनाएको निर्देशिकालाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।