आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डलाई सम्झिँदै यसरी पछुताउँदैछन् केपी ओली ! अन्ततः मुखै खोले 

प्रचण्डलाई सम्झिँदै यसरी पछुताउँदैछन् केपी ओली ! अन्ततः मुखै खोले 

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 9.7K
    SHARES

  • प्रचण्डलाई सम्झिँदै यसरी पछुताउँदैछन् केपी ओली ! अन्ततः मुखै खोले 

    काठमाडौं – सत्ताबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गत निर्वाचनमा तालमेल गरेकोप्रति पछुतो व्यक्त गरेका छन् ।

    देश दौडाहाका क्रममा बर्दियाको गुलरियामा आयोजित एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ सिट पनि नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु गल्ती भएको बताएका छन् ।

    उनले प्रचण्डले सर्पले झैं दूध दिने हातलाई डसेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले भने, ‘जुन हातले दूध दियौं, प्रचण्डले त्यहीँ हात टोके ।’

    उनले पार्टी नफुटेको दाबी गर्दै २–४ जना कार्यकर्ता मात्रै बाहिरिएको र जानेहरू कुहिएर झरेका पात भएको बताए । ओलीले भने, ‘कुहिएको पात झरेर केही लछारपाटो लाग्दैन ।’

    अर्को पार्टीले निष्कासन गरेका व्यक्तिको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको उनले बताए । ‘अदालतले फैसला गर्‍यो भने त यिनीहरूको पार्टीले मान्यता पाउनै सक्दैन,’ ओलीले भने ।

    उनले आफ्नो सरकारले गरेको काम देख्न नसकेर प्रतिगामी तत्वहरूले अदालतको सहारामा सरकार ढालेको बताएका छन् । उनले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेकाले लामो समयसम्म अहिलेको सरकारले पूर्णता पाउन नसकेको समेत दाबी गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend