शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नयाँ मन्त्री नियुक्तिबारे अबेर राति सत्तारुढ गठबन्धनमा यस्तो सहमति

नयाँ मन्त्री नियुक्तिबारे अबेर राति सत्तारुढ गठबन्धनमा यस्तो सहमति

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 6.7K
    SHARES

  • नयाँ  मन्त्री नियुक्तिबारे अबेर राति सत्तारुढ गठबन्धनमा यस्तो सहमति

    काठमाडौं – सरकार बनेको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । 

    सत्तारुढ ५ दलीय गठबन्धनको मंगलवार अबेर रातिसम्म बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधवार र नभए बिहीवार परराष्ट्रमन्त्री नियुक्त गरिने भएको छ ।

    संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने सरकारलाई बाध्यता रहेको छ । न्यूयोर्कमा सार्कराष्ट्रका विदेशमन्त्रीको भेला पनि हुने भएकाले सरकारलाई परराष्ट्रमन्त्री यथाशक्य चाँडो नियुक्त गर्न दबाब रहेको छ ।

    ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ, अन्य मन्त्रालयमा पनि छिट्टै मन्त्री बनाउने सहमति गठबन्धनका शीर्ष नेताहरुबीच बनेको छ,’ गठबन्धनमा आवद्ध जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भनिन् । यद्यपि अन्य मन्त्रीका विषयमा दलहरुबीच सहमति जुटिसकेको छैन ।

    अन्य प्रमुख मन्त्रालयमा पनि मन्त्रीहरु नियुक्त गर्दै जाने सहमति ५ दलबीच भएको छ । बुधवार पनि ५ दलको बैठक बस्ने भएको छ ।

    परराष्ट्रमन्त्री कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको छ । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बुधवार दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकले परराष्ट्रमन्त्रीबारे टुंगो लगाउने भएको छ ।

    स्रोतका अनुसार नारायण खड्का परराष्ट्रमन्त्री बन्ने सम्भावना रहेको छ । खड्का देउवाका विश्वास पात्र मानिन्छन् ।

    असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन ४ मन्त्री नियुक्त गरेका थिए । त्यसदिन कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री भएका थिए । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए । साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको थियो ।

    ५ दलीय गठबन्धनमध्ये जनमोर्चाले सरकारमा नजाने प्रष्ट पारिसकेको छ भने माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागिता जनाइसकेको छैन ।

    मंगलवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी रहेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend